नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले जाडोलाई लक्षित गरेर “जाडो हरायो जब सि.जी.घरमा आयोे” क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ ।
जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। आफ्ना सुरुवाती दिनहरूदेखि नै सि.जी ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कुरा सर्व बिदितै छ ।

प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सि.जी ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ । प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सि.जी ब्राण्डको उतकृष्ट प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।

जाडोलाई बिशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।

त्यसैगरी, उल्लेखित उत्पादनहरू उपयोगी मात्र नभइ अत्यन्तै टिकाउ र अन्ताराष्ट्रिय गुणस्तरको रहेको समेत कम्पनीले दाबी गरेको छ ।

Updated: 16-02-2022