नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नोे “CG राम्रो, गर्वका साथ हाम्रो” नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ । आफ्नैै नेपालको उत्कृष्ट ब्राण्डका रुपमा प्रस्तुत सि.जी. ब्राण्डले यस योजनासँगै नेपालीहरुको यो नयाँ वर्ष झनै हर्षमय हुने कम्पनीको विश्वास रहेको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, रु. ५४,२०० सम्मको आकर्षक बचत तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्नुहुनेछ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका एल.इ.डि. टिभीको खरिदमा ३ बर्षको वारेन्टी र आकर्षक छुट, मल्टिडोर र साईड बाई साईड रेफ्रिजरेटरहरुको खरिदमा १० बर्षको वारेन्टी र सि.जी. मिक्सर प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै सिङगल डोर र डबल डोर रेफ्रिजरेटरहरुको खरिदमा १० बर्षको वारेन्टी र आकर्षक छुट प्राप्त गर्नुहुनेछ ।

सि.जी. ब्राण्डका फ्रन्ट लोड वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा सि.जी. मिक्सर प्राप्त गर्नुहुनेछ र टप लोड तथा टुईनटबको खरिदमा १२ महिनाको वारेन्टी तथा सि.जी. आइरनका साथै आकर्षक छुट प्राप्त गर्नुहुनेछ । यसैगरि सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेण्टी र ट्रले तथा मल्टि मिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेण्टी प्राप्त गर्न सक्नुहुनेछ । डिसवासरको खरिदमा सी.जी. मिक्सर प्राप्त गर्न सक्नुहुनेछ ।

माइक्रो वोभनमा १२ महिनाको वारेण्टी, कुकिङ किट र आकर्षक छुट अनि ए.सि.मा ६० महिनाको वारेण्टी, नि शुल्क जडान र आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यो आकर्षक योजना कम्पनीले चैत्र १०, २०७७ देखि देशभरमा सिमित अवधिका लागि लागू गरेको छ ।

Updated: 05-04-2021