प्रेस विज्ञप्ति

 

सीजी ब्राण्डले ग्राहकहरूलाई खुशी पार्न चाडपर्व अभियान सुरु गरेको छ 


सीजी ब्राण्डले आफ्ना ग्राहकहरूलाई चाडबाडमा खुशी पार्न “सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं” भन्ने चाडपर्व प्रर्वद्धन योजना शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । यस योजना अन्तरगत ग्राहकहरूले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नु हुनेछ । ग्राहकहरुले रु ५६,४०० सम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन् । सिमित समयको लागि दिइएको यस योजना यहि भाद्र २५ गते देखि नेपाल अधिराज्यभरी लागु गरिएको छ । यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ०% नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउनु सक्नु हुनेछन् । यो योजनाका आर्कषणहरु र थप जानकारीका लागि क्यू आर कोड स्क्यान गर्नुहोस् । यो योजनामा उल्लेखित अफरहरु तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्राण्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सीजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् । थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सक्नुहुन्छ । सीजी इलेक्ट्रोनिक्स अन्तरगत रहेको सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउंदै आएको छ । हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिन्छ । सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो, जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्राण्ड हो । सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्राण्डहरूसँग दाँज्न मिल्छ । यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ ।

Updated: 20-10-2023