नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले नजिकिएको नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै “यो उत्सबमा घरलाई बनाऔं सि.जी. स्मार्ट होम” नामक योजना हालै बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत सि.जी. ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्न सक्नुहुनेछ । ५५,००० सम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सि.जी.को आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था रहेको छ ।
योजना अन्तर्गत सि.जी.का कुनैपनि एल.इ.डि. टि.भी., रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुम को खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु समेत प्रदान गर्नेछ । त्यस्तै सि.जी.को माईक्रोवेभ ओभनको खरिदमा २,८००/- बराबरको कुकिङ किट तथा क्यास ब्याक, ए.सि.को खरिदमा ४०००/- बराबरको निशुल्क जडान तथा क्यास ब्याक र सि.जी. डिसवासर को खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।
सि.जी.का सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सिजीऐसऐच टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखि ३१००१ म पठाउन पर्नेछ ।
कम्पनीले यो योजना भाद्र २५, २०७८ देखि सिमित अवधिका लागि नेपाल अधिराज्य भर लागू गरिएको छ । तसर्थ यो उत्सवमा सि.जी. का स्मार्ट एप्लाईनसेसहरु घर ल्याई घरलाई नै स्मार्ट बनाउनुहोस् ।

Updated: 15-09-2021