सि.जी.का साना घरायसी सामानले ल्यायो हरेक दिन उपहार र थाइल्याण्ड घुम्न जाने अवसर

लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सि.जीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमाहरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने उपहार योजना लिएर आएको छ । वैशाख २ गतेबाट सुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने छ ।
यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन एकजना भाग्यशालीले सि.जीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्नु हुनेछ साथै बम्पर उपहारमा जोडिलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ ।
लक्की ड्र र बम्पर उपहारमा सहभागी हुनका लागि CGSHA Product Name टाइप गरि आफ्नो नाम र ठेगाना उल्लेख गरि 31001 मा SMS पठाउनुपर्नेछ । लक्की ड्रमा सहभागी सबै प्रतिय‍ोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सि.जीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

Updated: 21-06-2022